समाचार ›

News Image

अझै पनि साङगाेकाे भरमा काठेखाेला ४ तङग्रामका बासिन्दाहरु

icon 23 Jul, 2026

जिमाक टिम,    हालै काठेखोला ४ तङग्राम बाग्लुङ साविक ३ वडाका स्थानीयहरुको श्रमदानवाट टाकिल खोला स्थीत साङगो निर्माण कार्य सम्पन्न भयो । साङगो भनेको खोला तर्नको लागी बनाइले एकदमै पुरानो शैलीको परम्परागत साधन जस्तै हो । जुन प्राय काठजन्य बस्तुहरुवाट बनाइन्छ । अहिले प्राय फलामहरुको झोलुङगे पुुलहरु बन्ने गर्दछन । जती बेला फलामहरु उपलब्धता एकदमै कम हुन्थ्यो तेतिवेला देखिनै साङगोको प्रयोग हुने गर्दथ्यो । साङगो प्राय खोलाको तिरहरु नजिक नजिक भएको भुगोलमा बनाइन्छ । किन की लामो घाट भएको ठाउँमा ठुला तथा लामा रुखहरु तेर्साउन गाह्रो हुने गर्दछ ।    टाखिल खोला काठेखोला ४ तङग्राम बाग्लुङ साविक ३ वडा स्थीत धम्जा र तङग्राम जोड्ने खोलाको रुपमा जानिन्छ । प्राय कृषकहरुले घास दाउरा तथा मेलापात गर्दा, सो ठाउँमा ओहोर दोहोर गर्ने गर्दछन । लामो समय देखी सोही साङगोको भरमा रहेका स्थानीयहरुले हरेक २ - २ बर्षमा साङगो बनाइरहनु पर्दछ । सो ठाउँमा झोलुङगे पुलको लागी पहल पनि नभएको होइन । पुर्व माननीय पियारी थापाको पहलमा गण्डकी प्रदेसवाट रु २५ लाख विनियोजन भएर प्राविधिकहरुले  २ – २ चोटी नाप जाँच पनि गरेका थिए तर के कारणले काम सम्पन्न भएन थाहा भएन । सो स्थीतीको कारण सो ठाउँका स्थानीयहरुले लामो समय देखी कष्ट भोगीरहेका छन ।     हालै सो कार्य सम्पन्न गर्नको लागी श्रमदान दिनु हुने व्यक्तिहरुमा, तुलेन्द्र पुनको सामाजि सञ्जाल अनुसार, स्थानिय समाससेवी नर बहादुर पुन, दिल बहादुर पुन, मन बहादुर थापा, पुर्ण बहादुर पुन लगाएत अन्य १९ जना स्थानिय बासिको सक्रीयतामा साँघु पुल निर्माण गरिएको छ । नर बहादुर पुन, मन बहादुर थापा, दिल बहादुर पुन साबिक वार्ड , पुर्ण बहादुर पुन साबिक वार्ड ३, तुलेन्द्र पुन साबिक वार्ड ३ , सन्दिप पुन साबिक वार्ड ३ , भिम बहादुर थापा वार्ड ३ , गणेश जोल्मी  साबिक वार्ड , होम बहादुर पुन साबिक वार्ड ३, मुस्कान पुन साबिक वार्ड ३, पुर्ण बहादुर पुन साबिक वार्ड ३ , भद्रलाल पुन साबिक वार्ड ३ , तुल बहादुर पुन साबिक वार्ड ३, सुर्य पुन माईकल साबिक वार्ड ३, दल बहादुर जोल्मी साबिक वार्ड ३,  भिमलाल पुन साबिक वार्ड ३, रण बहादुर पुन साबिक वार्ड ३, भुवन सिङ्ग थापा साबिक वार्ड ३, नर बहादुर थापा साबिक वार्ड ३, खाजा ब्यबस्थापन, उजेली थापा, पम्फा पुन, पुर्णकली पुन, गंगराम थापाको ममतामयी माता, रनिमाया पुन र चेन्सो मेसिन उपलब्ध गराउनुहुने काफवोट फर्निचरका अनिल पुन तथा अन्य स्थानिय महानुभाबअन्तमा, अब भने प्रदेस तथा केन्द्रको सरकारको मुख नताकेर, स्थानीय सरकार र स्थानीय बासिन्दाहरुको पहलमा सानो बेलीब्रिज पनि बनाउन सकिन्छ । तेसो गर्दा मात्र २ देखी ३ लाख सम्मको खर्चमा निर्माण सम्पन्न हुन सक्ने सम्भावना हुन्छ ।  त्यसैले यसको लागी सबैले सरोकार राख्नु पर्ने भएको छ । धन्यवाद ।

News Image

जीएमएके संग्रहालयमा ऐतिहासिक वस्तुहरूको नयाँ प्रदर्शनी सुरु

icon 08 Jul, 2026

काठमाडौं, नेपाल – जीएमएके संग्रहालयले नेपालको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ प्रदर्शनीको शुभारम्भ गरेको छ।यस प्रदर्शनीमा प्राचीन हस्तलिखित सामग्री, परम्परागत भाँडाकुँडा, सांस्कृतिक कलाकृति, पुराना सिक्का, ऐतिहासिक दस्तावेज तथा अन्य महत्वपूर्ण वस्तुहरू प्रदर्शनमा राखिएका छन्। प्रदर्शनीमार्फत नेपालको समृद्ध इतिहास र सांस्कृतिक सम्पदाबारे विद्यार्थी, अनुसन्धानकर्ता तथा सर्वसाधारणलाई जानकारी प्रदान गर्ने लक्ष्य राखिएको छ।संग्रहालय व्यवस्थापनका अनुसार यस्ता प्रदर्शनीहरूले इतिहासप्रति नयाँ पुस्ताको रुचि बढाउनुका साथै सांस्कृतिक सम्पदाको संरक्षणमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।जीएमएके संग्रहालयले आगामी दिनहरूमा विभिन्न शैक्षिक कार्यक्रम, मार्गदर्शित अवलोकन (Guided Tour), अन्तरक्रियात्मक प्रदर्शनी तथा सांस्कृतिक गतिविधिहरू पनि सञ्चालन गर्ने जनाएको छ।संग्रहालयले सम्पूर्ण विद्यार्थी, अनुसन्धानकर्ता, पर्यटक तथा इतिहास र संस्कृतिमा रुचि राख्ने सबैलाई प्रदर्शनीको अवलोकन गरी नेपालको अमूल्य सम्पदासँग परिचित हुन हार्दिक अनुरोध गरेको छ।